नेपाल समाचारपत्रकर्मी ढकाल सम्मानित

0
Shares

न्युज अफ नेपाल, ललितपुर । 

नेपाल समाचारपत्रकर्मी ईश्वरराज ढकाल सम्मानित भएका छन् । प्रेस चौतारी ललितपुरले ढकाललाई क्रियाशील पत्रकारिता पुरस्कारबाट बिहीबार पुरस्कृत गरेको हो ।

ललितपुरका क्रियाशील पत्रकारलाई प्रदान गरिने उक्त पुरस्कारबाट ढकाललाई पुरस्कृत गरिएको  प्रेस चौतारी ललितपुरले जनाएको छ ।

प्रेस चौतारी ललितपुरको पाँचौँ जिल्ला अधिवेशनका प्रमुख अतिथि नेकपा एमाले प्रचार विभाग प्रमुख तथा प्रेस चौतारी नेपालका इन्चार्ज पृथ्वीसुब्बा गुरुङले माला र सम्मान पत्रद्वारा र  ललितपुर जिल्ला इन्चार्ज सुशीला नेपालले दोसल्ला ओढाएर पत्रकार ढकाललाई सम्मान गरेका थिए । पुरस्कारको राशि ५ हजार रहेको छ।