प्रेस चौतारी ललितपुरको अध्यक्षमा आचार्य सर्वसम्मत

0
Shares

न्युज अफ नेपाल, ललितपुर ।

प्रेस चौतारी ललितपुरको अध्यक्षमा विएम आचार्य सर्वसम्मत निर्वाचित भएका छन् । ललितपुरको कुमारीपाटीमा बिहीबार आयोजित पाँचौं जिल्ला अधिवेशनले आचार्यलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

कार्यसमितिको सचिवमा अशोक दुलाल, उपाध्यक्षमा शान्ति घिमिरे, नवीन लुइटेल, सहसचिवमा अविन लिम्बु, सन्तोष दाहाल, कोषाध्यक्षमा ईश्वर महर्जन सर्वम्मत निर्वाचित भएका छन् । सदस्यहरुमा सुभानु आचार्य, कल्याण पौडेल, लक्ष्मण दुलाल, सुरेश तामाङ, रवि महर्जन,ज्ञान बहादुर महर्जन,रेखा खुलाल,संगम श्रेष्ठ,नरेन्द्र चालिसे, विद्धान कुलुङ चयन भएका छन् ।

अधिवेशनमा निवर्तमान कार्यसमितीका सह संयोजक अशोक दुलालले स्वागत मन्तव्य राख्दै ललितपुरको पत्रकारितालाई अघि बढाउन स्थानीय पत्रकारितालाई प्रबर्धन गर्नु पर्ने बताए । उनले भने, ‘स्थानीय पत्रकारितालाई अघि बढाउन पत्रकारिता पुरस्कार स्थापनाका लागि अक्षय कोष स्थापना गर्नुपर्छ ।’

सहसंयोजक दुलालको प्रस्तावमा समर्थन जनाउँदै नेकपा एमालेका प्रदेश कमिटी सदस्य दामोदर खड्काले १ लाख रुपैयाँ सहयोगको घोषणा गरेका थिए ।

कार्यक्रममा चौतारीका संयोजकले प्रतिवेदन प्रस्तुत गर्दै पत्रकारिता तालिम तथा हरेक महिना अनर्तक्रिया गर्ने योजना अघि बढाएका थिए । कार्यक्रममा गण्डकी प्रदेशका पूर्वमुख्य मन्त्री पृथ्वी सुव्वा गुरुङले आजको समाजमा जुझारु पत्रकार आवश्यक रहेको र प्रेस चौतारीले यस्ता पत्रकारहरु जन्माउने बताएका थिए ।