नेपाल समाचारपत्रकर्मी रायमाझी सम्मानित 

0
Shares

न्युज अफ नेपाल, रामेछाप । 

खाँडादेवी गाउँपालिकाको समृद्धिको लागि कलम चलाएको भन्दै  नेपाल समाचारपत्रकर्मी मधुसुदन रायमाझीलाई सम्मान गरेको छ । खाँडादेवी गाउँपालिकाको आज बसेको दशौं गाउँ सभामा आयोजित कार्यक्रममा पत्रकार रायमाझीलाई सम्मान गरिएको हाे ।

गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले नगद पाँच हजारसहित सम्मानपत्र प्रदान  गर्नुभयो । उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मखमली श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास लगायतको सहभागिता रहेको थियो ।

पत्रकार रायमाझीलाई गाउँपालिकाले अगाडि सारेको विकास निर्माणको कार्यहरूलाई सूचना प्रसार गरी उल्लेखनीय योगदान गरेको भन्दै सम्मान गरेको हो ।