लभ लभ लभका हिरो परस्त्री बनाउँदै

0
Shares

लभ लभ लभ नामक होम प्रोडक्सनको फिल्मबाट रजतपटमा डेब्यु गरेका नायक सुरज पाण्डे अब निर्देशक बन्ने भएका छन्। उनी होम प्रोडक्सनको फिल्म परस्त्रीबाट निर्देशक बन्न लागेका हुन्। सुरजले डेब्यु फिल्म लभ लभ लभको अभिनयबाट राम्रो तारिफ पाएका थिए।

डीएस डिजिटलको ब्यानरमा उनकी निर्मात्री आमा शर्मिला पाण्डेले निर्माण गर्ने फिल्मको हालै राजधानीमा आयोजित एक समारोहबीच घोषणा गरिएको हो। सुरजले भने यो फिल्म हालसम्म नेपालमा नबनेको डार्क थ्रिलर कथामा बन्ने जनाए। उनले अब आफू फिल्म निर्माण र निर्देशनमा नै रहने तथा अभिनय नगर्ने समेत बताए।

निर्मात्री आमा शर्मिला पाण्डे र निर्माता निर्देशक दीपेन्द्र के खनालको होम प्रोडक्सन डीएस डिजिटलबाट आमा, चिसो मान्छेजस्ता फिल्मबाट फिल्म निर्माणको अनुभव बटुलेका निर्देशक दीपेन्द्र के खनालका साथ फिल्म निर्देशनबारे पनि ज्ञान हासिल गरेका छन्। कोशिस क्षेत्रीको मुख्य भूमिका रहने भनिएको परस्त्रीका अन्य कलाकारको भने खोजी भइरहेको निर्मात्री पाण्डेले बताइन्।

‘अहिले हामी स्क्रिप्ट फाइनल गर्नका लागि पोखरा पुगेका छौँ। फिल्ममा नयाँ कलाकारहरूलाई स्थान दिने सोचमा छु। पोखराबाट फर्केपछि कलाकार छनोटका लागि अडिसन गर्नेछौँ’ निर्मात्री पाण्डेले भनिन्। फिल्म नेपाली तथा हिन्दी भाषामा बन्ने जानकारी उनले गराइन्। शर्मिलाले आपूmद्वारा निर्मित पछिल्लो फिल्म चिसो मान्छे निर्माण गर्नुअघि नै नयाँ फिल्म परस्त्री निर्माणको घोषणा गरेकी हुन्।