लाहुरेको कथामा भिडियो सार्वजनिक (भिडियोसहित)



पोखरा, (नेस)।

गायक सुरज शाही ठकुरीको स्वर रहेको गीत आज म आइपुगेँ सार्वजनिक भएको छ। अजयकुमार अधिकारीको शब्द रचना र संगीत रहेको गीतको भिडियोमा सन्तोष अधिकारी, पूजा पन्त क्षेत्री, घनश्याम लामिछाने र कृति अधिकारीले अभिनय गरेका छन्।

गीतको भिडियोमा लाहुरेको प्रेम कथा प्रस्तुत गरिएको छ। एएसएपी इन्टरटेन्मेन्टको प्रस्तुतिमा सार्वजनिक गरिएको म्युजिक भिडियो निशान कास्यपले निर्देशन गरेका छन्। म्युजिक भिडियोबाट सन्तोष अधिकारी आशावादी छन्। ‘यो नेपाली लाहुरेको प्रेमको कथा हो। प्रेमिकाले आफ्ना दाइका कारण प्रेमीलाई भेट्न नपाउनु र लाहुरेले भगाएर लैजाने विषय वस्तुलाई म्युजिक भिडियोमा समावेश गरिएको छ’ उनले भने।

प्रतिक्रिया दिनुहोस्