अमेरिकाबाट आयो यो जीवन मिठो (भिडियोसहित)



कृष्ण काफ्ले र रिता केसीको स्वरमा नयाँ गीत यो जीवन मिठोको भिडियो रिलिज गरिएको छ। गीतको भिडियोलाई सम्राट क्रियसन युट्युब च्यानलबाट रिलिज गरिएको हो। यो जीवन मिठो गीत सुदन डोटेलले लेखेका हुन्। गीतमा सरोज प्याकुरेलले संगीत र मनोहर सुनामको संगीत संयोजन रहेको छ।

गीतको भिडियो संयुक्त राज्य अमेरिकामा बसेर म्युजिक भिडियो, लघु फिल्म तथा लोकदोहोरी कार्यक्रम निर्देशन गर्दै आएका सुमन दाहालको निर्देशनमा तयार गरिएको छ। भिडियो अमेरिकाको ल्याक्जिङटन शहरका आसपासमा छायांकन गरिएको छ।

गीतको भिडियोमा युगल जोडीको प्रगाढ प्रेम प्रस्तुत गरिएको छ। जसमा मोडलको रूपमा भुवन लोहनी र अञ्जली दियाली प्रस्तुत भएका छन्। उनीहरू भिडियोमा रोमान्टिक जोडीको रूपमा प्रस्तुत भएका छन्। अक्की शर्माले खिचेको गीतको भिडियो भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्