शिक्षामन्त्री पौडेल होम आइसोलेसनमा

0
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

शिक्षा तथा विज्ञान प्रविधि मन्त्री देवेन्द्र पौडेल होम आइसोलेसनमा बस्नुभएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि हिजो सोमबारदेखि मन्त्री निवासमा आइसोलेसनमा बस्नुभएको हो ।

मन्त्री पौडेलका  प्रेस संयोजक विमल खड्काले  मन्त्री पौडेलको आज स्वाब परीक्षण गरिएको जानकारी दिनुभयो । उहाँको रिपोर्ट आउन बाकी छ । मन्त्री पौडेललाई आइतबारदेखि रुघा, खोकी लागेको खड्काले बताउनुभयो ।

 नेकपा माओवादी केन्द्रको महाधिवेशनलगत्तै अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण देखिएपछि अन्य नेतालाई समेत संक्रमण देखिएको छ ।

 नेता नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, दिनानाथ हर्मा लगायत नेतालाई कोरोना संक्रमण देखिएको छ ।  यसअघि माओवादी केन्द्रको केन्द्रीय कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि करिब एक सातादेखि बन्द गरिएको छ ।