नारायणहिटीमा ठेक्का दिँदा नै मिलेमतो देखिएको छानबिन समितिको निष्कर्ष



न्युज अफ नेपाल, काठमाडौं ।

नारायणहिटी दरबार संग्रहालय परिसरमा कफी सप सञ्चालनबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदन सार्वजनिक गर्न सोमबार आयोजित कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले मगरले ६.३४ आना जग्गा ठेक्का सम्झौता भए पनि १४ रोपनीमा संरचना निर्माण भएको प्रारम्भिक सूचना पाएको बताए ।

उनले कार्यक्रममा देशका अन्य भागमा पनि यस्ता सम्पदा, धार्मिक स्थल, पुरातात्त्विक महत्त्वमा स्थानमा अतिक्रमण र अनियमितता भइरहेको बताए । यस्ता अतिक्रमण हटाउन आफू आएको उनले दाबी पनि गरे । मन्त्री आलेले समितिले सार्वजनिक गरेको प्रतिवेदनमाथि छलफल हुने र यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि ध्यानाकर्षण हुनुपर्ने बताए ।

होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी कफी सप सञ्चालन सम्बन्धमा मन्त्रालयले छानबिन समिति गठन गरेको थियो । समितिले ठेक्का दिँदा नै मिलेमतो गरेर दिइएको निष्कर्ष पनि निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्