विधि, गर्व, लक्ष्य र यशश्वी फेस अफ द मारवाडी किड्स



मारवाडी समुदायका बालबालिकाबीचको प्रतियोगितामा विधि अग्रवाल, गर्व वाहेटी, लक्ष्य अग्रवाल र यशश्वी खेम्बा फेस अफ द मारवाडी किड्स २०२१ भएका छन्। पेज थ्री प्रालिद्वारा ६ देखि १३ वर्ष उमेर समूहका मारवाडी समुदायका बालबालिकाबीच शनिबार राजधानीमा सम्पन्न प्रतियोगितामा पिहु चाचन, भियोम शर्मा, कुश तीब्रेवाल र अंशिका मित्रुका फस्ट रनर्सअप तथा आध्या अग्रवाल, गगन बँशल, मेदान्स अग्रवाल र विधिका अग्रव सेकेन्ड रनर्सअप भए।

त्यसैगरी, नाभिका अग्रवाल र शिवान्स खेतान मस्ट क्युट चाइल्ड, कृतिम चाचन र भिहान मिन्डा कन्फिडेन्ट चाइल्ड, साइना अग्रवाल, लक्ष्य अग्रवाल, तेजेश पोद्दार र अंशिका मित्रुका बेस्ट वाक, दिया अग्रवाल डिसिप्लेन, जुयान्स तिब्रेवाल र वान्सिका जोधानी मस्ट स्टाइलिस्ट, विधि शाह र गर्व बहेटी ब्युटीफूल स्माइल, आश्ना अग्रवाल र पिहु चाचन बेस्ट पर्फमर, आराध्य अग्रवाल, गगन बंशल, गौतम अग्रवाल र यशश्वी खेम्का ट्यालेन्ट, खुस तिब्रेवाला, आध्या शर्मा, जयदेव बँशल र आध्या अग्रवाल बेस्ट पर्सनालिटी भए। त्यस्तै, विधि अग्रवाल भियोम शर्मा र विधिता अग्रवाल फोटोजेनिक, रियन्स मित्रुका र मानश्वी खेम्का अलराउन्डर किड, दिव्यँका शर्मा र अमरिया अग्रवाल मिस बब्ली, आयुशी अग्रवाल मस्ट पपुलर तथा मयँक गोयल, अन्सुल अग्रवाल र रुट्भी अग्रवाल मस्ट पपुलर अवार्ड विजेता भए।

बालबालिकाका साथ अभिभावक समेत र्याम्पमा उत्रिएको प्रतियोगितामा विभिन्न कलाकारले नृत्य प्रस्तुत गरेका थिए। फेसन डिजाइनर रेखा मोदी मितृकाद्वारा अयोजित प्रतियोगिताको कोरियोग्राफी दिक्पाल कार्की र पुनम बर्माले गरेका थिए। वीरगञ्जका मेयर विजय सरावगीको प्रमुख आतिथ्यता, मिस नेपाल नम्रता श्रेष्ठ र हास्यअभिनेता निर्मल शर्माको विशेष आतिथ्यतामा सम्पन्न प्रतियोगितामा उद्योगपति राजेन्द्र खेतान, अभिनेत्रीहरू केकी अधिकारी, शुभेच्क्षा खड्का र अर्चना सायदा निर्णायक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्