लोक गायक परियार सम्मानित



लमजुङ, (नेस)।

लमजुङको सुन्दरबजार नगरपालिकामा आयोजित नेकपा एमाले लमजुङको आठौं जिल्ला अधिवेशनमा लमजुङको लोकदोहोरीका बादशाह उपमा पाएका लोक गायक राजु परियार सम्मानित भएका छन्। नेकपा एमालेका केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका प्र्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्तरूपमा लोकगायक परियारलाई सम्मान गरेका हुन्।

लोकदोहोरी गीतका माध्यमबाट लमजुङलाई देश विदेशमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएवापत उनलाई सम्मान गरिएको नेकपा एमाले लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए। कार्यक्रममा परियारले आफू यही मञ्चमा २०५६ सालमा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले आयोजना गरेको दोहोरी गीत प्रतियोगितामा पहिलोपटक प्रथम भएको सम्झना गरे।

कार्यक्रममा लोकगायक परियारले आमा तिम्रो दूधको भाराले बोलको गीतका साथमा बजारमा आउन बाँकी बाले दियो बल्छ निरमाया, जातको कुरा नगरन यो मुटु जल्छ निरमाया बोलका गीत गाएर मनोरञ्जन गराएका थिए।

प्रतिक्रिया दिनुहोस्