भैरहवाकी उर्मिला मिसेस ग्रान्ड इन्टरनेसनल नेपाल



भैरहवाकी उर्मिला उप्रेती सिलवाल मिसेस ग्रान्ड इन्टरनेसनल नेपाल २०२१ चुनिएकी छिन्। विभिन्न वर्ग र समूहका लागि सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता आयोजना गर्दै आएको रिबन इन्टरटेनमेन्टले विवाहित महिलाहरूबीच म्यानमारको मान्डलेमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियागिता मिसेस ग्रान्ड इन्टरनेलनल २०२२ मा नेपालको सहभागिता गराउनका लागि सिलवाललाई मिसेस ग्रान्ड इन्टरनेसनल नेपाल २०२१ चयन गरेको हो।

शनिबार राति राजधानीको अनामनगरस्थित बसेरा बुटिक होटलमा आयोजित एक कार्यक्रमका बीच उर्मिलालाई मिसेस ग्रान्ड इन्टरनेसनल नेपाल २०२१ ताज पहिराएको हो। समारोहमा प्रमुख अतिथि नेपाली सेनाका पूर्वप्रधानसेनापति रुक्मांगत कटुवाल, सौन्दर्य प्रतियोगिता संघकी उपाध्यक्ष रमी श्रेष्ठ बज्राचार्य, पत्रकार विदुर गिरी, गायक तथा नेपाल आयल निगमका पूर्वनिर्देशक सीताराम पोखरेल र पेजेन्ट निर्देशक निशुकान्त झाले क्राउन तथा स्यास पहिराएका थिए।

कोरियोग्राफर तथा इभेन्ट सञ्चालक अश्विनीकान्त झाद्वारा सञ्चालित समारोहमा प्रमुख अतिथि कटुवाल, मिसेस नेपाल वल्र्ड २०२१ दीक्षा केसी, मिसेस नेपाल इन्टरनेसनल २०१८ तथा मिसेस एसिया प्यासाफिक चन्दा थापा गिरी, मिसेस नेपाल इन्टरनेसनल २०१९ भाविशा कोइराला, गायक सीताराम पोखरेल, शिक्षाविद् पूर्ण लामा, सुदन डोटेललगायतले उर्मिलालाई सफलताको शुभकामना दिएका थिए। त्यसैगरी, मिसेस ग्रान्ड इन्टरनेसनल नेपाल २०२१ उर्मिला उप्रेती सिलवालले मिसेस ग्रान्ड इन्टरनेसन २०२२ मार्फत नेपाललाई विश्वसामू चिनाउने प्रयास गर्ने बताइन्।

रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार मिसेस ग्रान्ड इन्टरनेसनल नेपाल २०२१ उर्मीला उप्रेती सिलवाललाई रिबन इन्टरटेनमेन्टको सहकार्यमा आगामी अप्रिल महिनामा म्यानमारको माण्डेलामा हुने मिसेस ग्रान्ड इन्टरनेसनल २०२२ मा नेपालको प्रतिनिधित्व गराइनेछ। भैरहवाकी उर्मिला केही अघि रिबन इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा सम्पन्न मिसेस नेपाल वर्ल्ड २०२१ मा अन्तिम चरणसम्म पुग्न सफल भएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्