खोपकार्ड अनिवार्यदेखि विद्यालय बन्दसम्म, यी हुन् सिसिएमसीका १३ सिफारिस



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले नियन्त्रणका लागि भन्दै सरकारलाई विभिन्न १३ वटा सिफारिस गरेको छ ।

मंगलबार बसेको सिसिएमसीको बैठकले माघ ३ गतेदेखि सार्वजनिक स्थलमा प्रवेश गर्दा कोरोना खोप लगाएको कार्ड देखाउनुपर्ने देखि विद्यालय माघ १५ गतेसम्म बन्द गर्नु पर्ने लगायको निर्णय गरेको छ ।

सिसिएमसीले कार्यालय, होटेल, सिनेमा हल, रंगशाला, हवाइ यात्रा गर्दा खोप लगाएको प्रमाण देखाएर मात्रै सेवा लिन पाउने सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्