प्रधानमन्त्री देउवा आइसोलेसनमा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं।

प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसेका छन् । उनको सचिवालयकाअनुसार देउवा आजदेखि आइसोलेसनमा बसेका हुन् ।

प्रधानमन्त्री देउवाको कोभिड-१९ को परीक्षण आइतबार हुनेछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कोरोना सङ्क्रमण भएपछि देउवा आइसोलेसनमा बसेका हुन् । दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री प्रचण्डसँगै सहभागी थिए ।

प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।