एमाले भक्तपुरको अध्यक्षमा देउजा चयन

0
Shares

न्युज अफ नेपाल, भक्तपुर ।

नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा चयन भएका छन् । शुक्रबारदेखि शुरू भएको आठौं जिल्ला अधिवेशनबाट देउजा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

शनिबार भएको बन्द सत्रबाट उपाध्यक्षमा वासुदेव थापा चयन भएका छन् । यस्तै सचिवमा मोहन वीर श्रेष्ठ, उपसचिवमा दामोदर दंगाल र मिलन सुवाल चयन भएका छन् ।

निर्वाचन समितिका संयोजक शिवराम तिमल्सिनाका अनुसार देउजाको नेतृत्वमा १०५ सदस्यीय एमाले भक्तपुर जिल्ला कमिटी निर्वाचित भएको हो ।