मिडिया अलाइन्स र न्युज कारखानाबीच सहकार्य सम्झौता

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

मिडिया सञ्चालकहरुको संस्था मिडिया अलाइन्स नेपाल र नेपालको निजी क्षेत्रको पहिलो समाचार एजेन्सी न्युज कारखानाबीच सहकार्य सम्झौता भएको छ ।

शुक्रबार मिडिया अलाइन्सका कोषाध्यक्ष उज्जवल शर्मा र स्क्रोल मिडिया प्रालिका अध्यक्ष प्रकाश तिमल्सिनाले ११ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । न्युज कारखाना स्क्रोल मिडिया प्रालिद्वारा सञ्चालित न्युज एजेन्सी हो । मिडिया अलाइन्समा १८ वटा सञ्चार संस्था आबद्ध रहेका छन् ।

सम्झौताअनुसार न्युज कारखानाले अलाइन्ससँग आबद्ध सञ्चार माध्यमलाई दैनिक सयभन्दा बढी समाचार, तस्बिर, भिडियो सामग्री उपलब्ध गराउने भएको हो । ‘न्युज कारखानाले हरेक दिन विभिन्न विधाका एक सयभन्दा बढी समसामयिक समाचार र एक सय तस्बिर उपलब्ध गराउने छ,’ सम्झौतामा भनिएको छ ।

अलायन्सले पनि समाचार सामग्रीको उपयोगिता र महत्वलाई ख्याल गर्दै सञ्चारमाध्यममा उपयुक्त स्थान गर्ने प्रतिबद्धता जनाएको छ । दुवै संस्थाको प्रवर्द्धन र विकासका लागि सहकार्य गर्ने सम्झौतामा उल्लेख छ ।