भ्याक्सिन नलिएपछि जोकोभिच प्रतियोगिताबाट बाहिरिनुपर्‍यो



सिड्नी, (एजेन्सी) ।

हाल विश्वमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले असर गरिरहेको छ । यसै कोरोना महामारीको बीचमा अस्ट्रेलियन ओपन आयोजना हुन गइरहेको छ । अस्ट्रेलियाली सरकार पनि ओमिक्रोनको चपेटाबाट बच्न उपाय र सतर्कता अपनाइरहेको छ । यस्तो कठिन समयमा पनि विश्वका टेनिस स्टार नोभाक जोकोभिच लापर्वाहीका साथ मेलबर्न पुगे । दुबईबाट सीधै मेलबर्न पुगेका उनी एयरपोर्टमै रोकिनुपर्यो । नौ पटकको अस्ट्रेलियन ओपनका विजेताको यो व्यवहारपछि बेइज्जत भएको उनको राष्ट्र सर्बियाको राष्ट्रपतिले निक्र्यौल निकालेको छ ।

विश्व नम्बर टेनिस खेलाडी जोकोभिच भ्याक्सिन लगाएको कुनै प्रमाण नलिई अस्ट्रेलियन ओपन खेल्न बुधबार मेलबर्न पुगेका थिए । एयरपोर्टमा केही समय उनलाई हिरासतमा राखियो र त्यसपछि उनको भिसा पनि रद्द गरियो । उनी रातभर एयरपोर्टमै बस्नुपरेको थियो । २० ग्रान्डस्लाम विजेता जोकोभिचसँग कोरोनाविरुद्ध लगाएको भ्याक्सिनको कुनै पनि प्रमाण नभएपछि अस्ट्रेलियाली सरकारले उनको भिसा रद्द गर्न कुनै संकोच मानेन ।

स्रोतको अनुसार जोकोभिचसँग कोरोनाविरुद्धको भ्याक्सिनको प्रमाणपत्र छैन । उनले गत वर्ष कोरोनाविरुद्ध खोप लगाउनेविरुद्ध उभिएका थिए । उनले भ्याक्सिन नलगाउने स्टाटस राखेपछि उनीसँग भ्याक्सिन लगाएको प्रमाण नभएको बताइएको छ । उनी भ्याक्सिन नलगाइकन अस्ट्रेलियन ओपन खेल्ने तयारीमा थिए । तर, अस्ट्रेलियाली सरकारको दोहोरो चरित्र र कडा नियमको शिकार उनी भए । अघिल्लो दिनसम्म अस्ट्रेलियाली सरकारले जोकोभिचलाई भ्याक्सिनको नियमको छुट दिने भनिएको थियो । उनलाई अस्ट्रेलियन ओपन खेल्न अनुमति दिइएको थियो ।

तर, केही समयपश्चात प्रधानमन्त्री स्कट मोरिसनले प्रेस कन्फ्रेन्समा बताए कि कानुन सबैको लागि बराबर हुन्छ र कोही पनि कानुनमाथि हुँदैनन् । यो कुरालाई मान्ने हो भने जोकोभिचले अस्ट्रेलियाली सरकारको निर्णयलाई चुनौती दिन सक्नेछन् । मोरिसनले ट्विटरमा पनि लेखे—जोकोभिचको भिसा रद्द गरिएको छ । नियम नियम नै हो । विशेषगरी, जब हाम्रो सीमाको कुरा आउँछ । कोही पनि यसको माथि हुन सक्दैन । हाम्रो बलियो सीमा नीतिहरू अस्ट्रेलियाको लागि महत्वपूर्ण रहन्छ । कोरोनाबाट संसारमा सबैभन्दा कम मृत्यु दर यहाँ (अस्ट्रेलिया) रहेको छ । हामी सतर्क रहन जारी राखिरहेका छौं ।

सर्बियाका राष्ट्रपतिको फोन
सर्बियाका राष्ट्रपनि अलेक्जान्डर भुसिचले इन्स्टाग्राममा एक पोस्ट शेयर गर्दै बताए—मैले जोकोभिचसँग फोनमा कुरा गरेँ र पूरा सर्बिया उनको साथ छ । हाम्रो अधिकारी संसारको सर्वश्रेष्ठ टेनिस खेलाडीसँग दुव्र्यवहार भयो । यो चाँडै नै समाप्त गर्नको लागि सबै उपाय गरिरहेका छौं । सर्बिया अन्तर्राष्ट्रिय कानुनअनुसार जोकोभिचको लागि न्याय र सत्यताको लागि लड्नेछौं ।

मेलबर्नमा जोकोभिचको एकाधिकार
मेलबर्नमा जनवरी १७ देखि अस्ट्रेलियन ओपन शुरू हुँदैछ । यो प्रतियोगिता हरेक वर्ष हुने चार ग्रान्डस्लाममध्ये एक हो । ३४ वर्षीय जोकोभिचले अस्ट्रेलियन ओपन नौ पटक जितेका छन् । उनले मेलबर्नमा २००८ मा २१ वर्षको उमेरमा पहिलोपटक उपाधि जिते । यसपछि उनले २०११, २०१२, २०१३, २०१५, २०१६, २०१९, २०२० र २०२१ मा उपाधि जितेर कीर्तिमान रचेका थिए ।

जोकोभिच २१औं ग्रान्डस्लाम उपाधि जित्नेतिर अग्रसर छन् । तर, यसपटक उनी मेलबर्नमा नहुने भएकोले यो इच्छा अहिले नै पूरा हुने छैन । हालसम्म पुरुष सिंगल्सतर्फ रोजर फेडेरर, राफायल नाडाल र जोकोभिचले सर्वाधिक २०/२० ग्रान्डस्लाम जितेका छन् । नाडालले मेलबर्नमा खेल्नेछन् भने फेडेररले नाम फिर्ता लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्