दिल्लीमा कोरोना तिव्र गतिमा, ६ दिनमा आठ गुणा बढ्यो


न्युज अफ नेपाल, काठमाडौं ।

भारतको नयाँ दिल्लीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या उच्च गतिमा बढेको छ । नयाँ दिल्ली सरकारले जारी गरेको स्वास्थ्य बुलेटिनका अनुसार कोरोनाका १५ हजार ९७ संक्रमित पुष्टि भएका हुन् ।

प्रदेशमा अब संक्रमणदर १५.३४ पुगेको छ । सोही अवधिमा ६ जनाको मृत्यु भएको छ भने सक्रिय संक्रमितको संख्या पनि बढेर ३१ हजार ४९८ पुगेको छ ।

१ जवरीमा दिल्लीमा २ हजार ७९६ जनामा संक्रमण देखिएको थियो भने आज ६ जनवरीमा १५ हजार बढीमा संक्रमण पुष्टि भएको हो । ६ दिनको बीचमा ८ गुणा बढी संक्रमित फेला परेका हुन् ।