एमबीबीएसमा तोके भन्दा बढी शुल्क लिए कारबाही गर्ने मन्त्रालयको चेतावनी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एमबीबीएसमा ताकिएभन्दा बढी शुल्क लिने कलेजलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले केही मेडिकल कलेजले बढी शुल्क लिएको विषयमा ध्यानाकर्षण समेत भएको उल्लेख गरेको छ । यसअघि नै चिकित्सा शिक्षा आयोगले शुल्क निर्धारण गरिसकेकाले थप शुल्क नलिन पनि मन्त्रालयले निर्देशन दिएको छ ।