खोटाङका २० हजार बालबालिकालाई मोडर्ना खोप दिँदै


न्युज अप नेपाल, काठमाडौं ।

खोटाङका पाँच स्थानीय तहका बालबालिकालाई कोभिड–१९ विरुद्ध मोडर्ना खोप दिइएको छ ।

बराहपोखरी गाउँपालिकामा १७–१९ पसुसम्म, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा १८–२० पुससम्म, खोटेहाङ गाउँपालिकामा १८–२० पुससम्म, हलेसी तुवाचुङ नगरपालिकामा १८–२० पुससम्म र रावाबेँसी गाउँपालिकामा १८–२० पुससम्ममा १२ वर्षदेखि १७ वर्ष उमेर समुहका बालबालिकालाई मोडर्ना खोप दिइएको हो ।

१० स्थानीय तह रहेको जिल्लामा २० हजार बालबालिकालाई मोडर्ना खोप दिइने स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ । साकेला गाउँपालिकामा १९–२१ पुससम्म, ऐंसेलुखर्क गाउँपालिकामा १९–२१ पुससम्म, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा २१–२३ पुससम्म, केपिलासगढी गाउँपालिकामा २०–२३ पुससम्म र जन्तेढुंगा गाउँपालिकामा २०–२३ पुससम्म मोडर्ना खोप अभियान सञ्चालन हुनेछ । खोप लगाउनेमा अधिकांश छात्र-छात्रा छन् ।