सिटिइभीटी कानुन अनुसार चलेको छ

 संस्थाको विरुद्धमा आएका विषय गलत हुनः सदस्य सचिव काफ्ले


न्युज अफ नेपाल, काठमाडौं ।
प्राबिधिक शिक्षा तथा ब्यावसायीक तालिम परिषद (सिटिइभीटीका) सदस्यसचिव जीवनारायण काफ्लेले सबै स्थानीय तहमा प्राबिधिक शिक्षालय पु-याउने बताउनुभएको छ । त्यसको लागि तथ्याङ संकलन भैरहेको भैरहेको जानकारी दिनुभयो ।  सिटिइभीटीका अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री देवेन्द्र पौडेलले सार्वजनिक गर्नुभएको मुख्य मुख्य कामको सुचीमा सबै स्थानीय तहमा प्राबिधिक तथा व्यवसायीक शिक्षा पु-याउने उद्घोष गर्नुभए अनुसार संस्थाले सो विषयमा प्रकृया अघि बढाएको उहाको भनाई थियो ।  ।
 पछिल्लो समय निजी नर्सिङ कलेजमा भर्ना प्रकृयाको विषयमा बहस भैरहेको बताउदै उहाले भन्नुभयो–सिटिइभीटीले संम्बन्धन दिएको संस्थालाई बचाउन र जनताको छोराछोरीले पढ्न पाउने अवसर दिने सन्दर्भमो संस्था गम्भीर भएको उल्लेख गर्नुभयो ।
 उहाले संस्थाको गरिमामा आँच आउनेगरी  प्रचार गरिएका समाचारले  समग्र प्राबिधिक शिक्षालाई गम्भीर असर परेको बताउदै सो विषयमा सबै सरोकारवालाले गम्भीर भएर सोच्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो ।
 देशमा हजारौ संख्यामा नर्सको आवश्यकता छ । बेलायत, इजरायल , अमेरिका, अष्ट्रेलिया लगायत अधिकांस मुलुकमा नेपालमा नर्सिङ पढ्ने विद्यार्थीको माग राखेका छन । यस्तो अवस्थामा नेपाली लगानीमा खुलेका संस्थालाई बन्द गर्न भएका विभिन्न प्रपञ्चले संस्थालाई आँच पुगेको छ–उहाले भन्नुभयो । हामीले यस्ता आफैले सम्बन्धन दिएका संस्था बाचाई पढ्ने अवसर प्रदान गर्ने दायीत्व  भएको समेत जानकारी गराउछु भन्नुभयो ।
संस्थाको उपाध्यक्ष, सदस्य सचिव र विभिन्न तहका कर्मचारीको विषयमा विभिन्न सञ्चार माध्यममा आएको  नकरात्मक समाचारले संस्थाको गरिमामा गम्भीर असर परेको औल्याउदै यस्तो विषयमा समाचार सम्प्रेषण गर्दा सत्य , तथ्य र प्रमाणमा आधारित हुन उहाले  आग्रह गर्नुभयो ।  सदस्य सचिवको पदबहाल गरेको सात महिना अवधीमा आफुले संस्थाप्रति आँच आउने गतिविधि नगरेको , संस्थाको नियम कानुनको परिधि भित्र रहेर काम गरेको,  सम्बन्धन दिने विषयमा कुनैपनि कलेजसंग साँठगाठ नगरेको यस्ता विषयमा कसैसंग कुराकानी नगरेको , अपग्रेडिङ लगायतको विषयमा कुनै लाभ लिने गतिबिधि नगरेको  स्पष्ट पार्नुभयो ।
 उहाँले भन्नुभयो–‘नियम अनुसार सम्बन्धन, स्वीकृति , सिट, कोटाथप र अप ग्रेडिङ गर्दा सदस्य सचिव लगायतका कर्मचारीले आर्थिक चलखेल ग¥यो भन्नु गलत हो  । साथै आफुले हालसम्म कुनै संस्थालाई  संस्था सम्बन्धन, स्वीकृति नदिएको बारेप्रस्क्ष् गर्नुभयो ।सदस्य सचिव काफ्लेले नियम कानुनको परिधिभित्र रहेर मात्र  सेवाग्राहीको काम गरेको बताउदै उहाँले भन्नुभयो–संस्थासंग जोडेर गरिएका प्रचार केवल बदनाम र चरित्रहत्या गर्नकै लागि भएको हो ।
 बिसं २०४५ सालमा  स्थापना भएको यो संस्था एक स्वायत्त निकाय हो । आफ्नै  ऐन, कानुन, नियम, नियमावली, कार्यबिधिले दिएको अधिकारको पालना गर्नु संस्थाको दायीत्व र जिम्मेवारी हो । सोही आधारमा सयवेड भएका नर्सिङ क्याम्पसलाई भर्ना प्रकृया गरिएको गर्न खोजेका हौ । लामो समयदेखि स्वाथ्य सम्बन्धी कार्यक्रम सञ्चालन गरेका कलेजलाई उनीहरुको अधिकार अनुसार विषय थप गर्न खोजेको विषयमा  सबैको ध्यानाकर्षण भएको उहाको भनाई थियो ।
 नियम अनुसार पाउने अधिकार दिन खोज्दा सदस्य सचिवले चलखेल गरेर सम्बन्धन दिन थाल्यो भन्नु गलत प्रवृति भएको  उहाको टिप्पणी थियो । व्यक्तिगत जीवनमा समेत गम्भीर असर पर्नेगरी भएको  आफ्नो विरुद्ध अनर्गल प्रचार  प्रति गम्भीर आपत्ती जनाउनुभएको छ ।
 विगत ३१ वर्षदेखि यसै संस्थामा कार्यरत वरिष्ठतम कर्मचारीको नाताले समेत अघिल्लो सरकारले गठन गरेको समितिबाट सम्पुर्ण प्रकृया पुरा गरी सदस्य सचिव भए । त्यसबेला देखिनै म माथि केही तत्वहरुले विभिन्न  कुप्रचार गर्न खोजियो । तसर्थ म यो भन्न चाहन्छु कि यदी संस्थाले दिएको अधिकार बाहिर रहेर मैले कुनैपनि गतिबिधि गरेको छैन । यदी गरेको भए  तत्काल सजाय भोग्न तयार छु ।   उहाले आफ्नो कार्यकालमा आफुले सक्दो योगदान गर्ने वाचा गर्नुभयो ।
यदी संस्थाको बदनाम हुने कुनैपनि काम गरेको गहर भए कानुनी कारबाही भोग्न तयार रहेको जानकारी गराउँछु–सिटिइभीटीको विषयमा आएको समाचारको विषयमा लक्षित हुदै सदस्य सचिव काफ्लेले भन्नुभयो ।उहाले  प्राबिधिक शिक्षाको उज्यालो घामबाट बञ्चित सबै युवा जमातले शिक्षा, तालिम एवं रोजगारको अवसर पाउने उल्लेख गर्दै त्यस्ता विषयलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गर्नुभयो ।