न्युवज अफ नेपाल, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको अर्को केन्द्रीय समिति बैठक पुस २५ गते बस्ने भएको छ। आगामी पुस २५ मा बस्ने बैठकले पदाधिकारी र बाँकी रहेका केन्द्रीय सदस्य चयन गर्ने माओवादीले जनाएको छ ।
यसका साथै वर्षमान पुन चीनबाट फर्केपछि माओवादीले पदाधिकारी घोषणा गर्ने भएको छ । माओवादी केन्द्रीय सदस्य बोधमाया यादवले भोली पुन चीनबाट फर्किने र त्यसपछि मात्रै पार्टीले पदाधिकारीको घोषणा गर्ने बताएकी हुन् । पुन स्वास्थ्य उपचारका लागि चीनमा रहेका छन् ।
प्रतिक्रिया