न्युज अफ नेपाल, काठमाडौं ।
नेपाल प्रहरीमा जनपद समूहतर्फका ७०२ जना प्रहरी जवानहरु हवल्दारमा बढुवाका लागि सिफारिस भएका छन् । प्रहरीको बढुवा सिफरिस समिति आइतवार ७०२ जना जवानलाई हवल्दार पदमा बढुवाका लागि सिफारिस गरेकाे हाे ।
वढुवा समितिको वैठकको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरूलाई सोही समूह– उप–समूहतर्फको प्रहरी हवल्दार पदमा वढुवाका लागि गरिएको सिफारिस सूची प्रहरी नियमावली, २०७१ ९संशोधन सहित ० को उप– नियम ४ को प्रावधान अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।










