सीमा मिस मकवानपुर



हेटौंडा, (नेस) ।

मिस मकवानपुर सिजन–३ को उपाधि हेटौंडा–६, चौघडाकी सीमा तामाङले जितेकी छन्। विजेता भएसँगै उनले चाँदीको ताजसहित नगद १ लाख तथा संघ–संस्थाका ब्रान्ड एम्बेस्डरका साथै दुई रात तीन दिनको स्वदेश भ्रमण, फिटनेसका निःशुल्क प्रशिक्षण सेवालगायतका थुप्रै पुरस्कार प्राप्त गरेकी छन् ।

कलिउड सुपर डान्स एन्ड फिटनेस प्रालिको आयोजनामा सम्पन्न ग्रान्ड फिनालेबाट मिस मकवानपुर सिजन–३ सौन्दर्य प्रतियोगितामा विनिता चौलागार्इं फस्ट र प्रजिता श्रेष्ठ सेकेन्ड रनर्सअप भएका छन्। चौलागाईंले ताजसहित ५० हजार रुपियाँ नगद, फोटो सुट, दुई रात तीन दिनको स्वेदश भ्रमण र आकर्षण पुरस्कार तथा श्रेष्ठले ताज, २५ हजार नगद, फोटो सुट, दुई रात तीन दिनको स्वेदश भ्रमण प्याकेज र अन्य पुरस्कार प्राप्त गरेकी छिन् ।

प्रतियोगितामा सुष्मिता तामाङ वेस्ट भ्युअर्स च्वाइस, दिया गजमेर अर्गनाइजर च्वाइस र सत्यदेवी माया तामाङ कोरियोग्राफर च्वाइस तथा वेष्ट स्माइल भएका छन्। सुष्मिताले पुरस्कारवापत टेलिभिजन प्राप्त गरेकी छन् भने सत्यदेवीले मोबाइल सेट प्राप्त गरेकी छन् ।

प्रतियोगिताका मुख्य निर्णायकमा मिस युनिभर्स नेपाल सेकेन्ड रनर्सअप रक्षा उप्रेती थिइन् भने निर्णायकमा नायक विनोद न्यौपाने, फिल्म निर्माता कृषा चौलागार्इं र नायिका सरिता गिरी थिए। कार्यक्रममा अन्तिम १८ प्रतियोगितामध्ये ११ जना छनोट गरी विभिन्न चरणपश्चात् उत्कृष्ट–५ छनोट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्