माओवादी नवनिर्वाचित केन्द्रीय कमिटी बैठक भोलि ३ बजे बस्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलि बस्ने भएको छ । नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक भोलि अपराह्न ३ बजे हेरिटेज प्लाजा सानेपामा बस्ने माओवादी केन्द्रले जनाएको छ। बैठकले पदाधिकारीको चयन गर्ने जनाइएको छ ।

आठौँ महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए जसलाई हलले पास गरेको थियो । त्यसपछि निर्वाचन समितिले महाधिवेशनबाट निर्वाचित भएको घोषणा गरेको थियो ।