सोरु गाँउपालिकाको स्वास्थ्य चौकीमा सिटामोल पनि सकियो


खड्क सुनार, मुगु ।

हिमाली जिल्ला मुगुको सोरु गाँउपालिकाअन्तर्गतका स्वास्थ्य चौकीमा सिटामोल समेत पाइन छाडेको छ । ‍औषधि अभावका कारण उपचारका लागि चौकीमा आएका बिरामीहरू उपचारविनै फर्कने गरेका छन् ।

विभिन्न तहका सरकारले हरेक वर्ष स्वास्थ्य क्षेत्र र औषाधि खरिदमा लखौँ बजेट विनियोनज गरे पनि सोरु गाँउपालिकाहरूमा वर्षैभरि औषाधि अभाव भइरहने सोरु गाँउपालिका-६ सोरुकोटका बलिराज शाहीले बताए । जसका कारण दुर्गमका सर्वसाधारण सामान्य बिरामी हुँदा समेत ज्यान गुमाउन बाध्य छन् ।

स्वास्थ्य चौकी नार्थपुका अहेब टिकाराज आर्यायका अनुसार गाउँपालिकाबाट आउने औषधिले गत बर्ष जम्मा तीन महिना पुगेको थियो । यो वर्ष अहिलेसम्म कुनै पनि तहको सरकारबाट औषधि आएको छैन । अब त सिटामोलसम्म पनि बाँकी नरहेको उनको भनाइ छ । औषधिका लागि धेरै पटक पालिकासँग माग गरे पनि नपाएको उनले बताए । चौकीमा कहिलेकाही सुत्केरी गराउन आउँदा समेत प्रर्याप्त सामाग्री अभाव हुने गरेको उनले बताए । विधुत नहुँदा मोबाइलको लाइट बालेर सुत्केरी गराउन बाध्य छौ‌, स्वास्थ्य चौकी नार्थपुका अहेब आर्यायले भने । उनका अनुसार औषधिको अभावले स्टोर पनि खाली भएको छ ।

सोरु गाउँपालिका स्वास्थ्य शाखाका संयोजक कर्णबहादुर सावतका अनुसार आव २०७७र७८ मा खरिद गरेको औषधिले अहिलेसम्म काम चलेको छ । आव २०७८र०८९ को औषधि खरिद गर्न पालिकाबाट बजेट बिनियोजन गरे पनि प्रमुख प्रशासकीय अधिकृतहरूको फेरबदलले खाता सन्चालनलगायत नहुँदा पालिकाभित्र औषधिको चरम अभाव भएको हो । न्युज कारखाना