ललिता निवास प्रकरण : १२० जनाविरुद्ध पक्राउ पुर्जी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा १ सय २० जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । काठमाडौं जिल्ला अदालतले नक्कली मोही खडा गरी किर्ते कागजात तयार पार्ने कर्मचारी, भूमाफिया र तत्कालीन भोगाधिकारी, बिचौलियासहित १ सय २० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

गत आइतबार यता पहिलो पटक ७७ जना र त्यसपछि ४५ जना र शुक्रबार आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले बताए।

पुर्जी जारी भएकाको विवरण गोप्य राखिएको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा विभिन्न समयमा व्यक्तिको नाममा नामसारी गरिएको थियो ।