गोरखामा मिनी ट्रक दुर्घटना, दुई वर्षीय बालिकासहित ३ जनाको मृत्यु



न्युज अफ नेपाल, गोरखा । 

गोरखामा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाएको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजे आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा तीज जनाको मृत्यु भएको भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बा ५ ख ६५६६ नम्बरको सो मिनी ट्रक सडकबाट सय मिटर तल बुढी गण्डकीमा खसेको डिएसपी प्रकाश दाहालले बताए ।
मृत्यु हुनेहरूमा धादिङ, त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं ४ टारी गाउँका २३ वर्षीय नीराजन नेपाल र सोही वडाका २० वर्षीय दीपक परियार रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्