बिपीएच कार्यक्रम सञ्चालन गर्ने केयु र बेलर एकेडेमीबीच सम्झौता

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

व्यापारिक र शैक्षिक नगरीका रूपमा चिनिन थालेको बनेपामा पहिलो पटक काठमाडौं विश्वविद्यालय(केयु)सँगको शैक्षिक साझेदारीमा बेलर इन्टरनेशनल एकेडेमी विद्यालयले बिपीएच कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कार्यक्रम सम्बन्धी सम्झौता गर्दै विश्वविद्यालय र विद्यालयका तर्फबाट होटल व्यवसायहरू फस्टाउँदै गए पनि पर्यटकीय नगरी धुलिखेल तथा आसपासका क्षेत्रमा स्नातक तह उत्तीर्ण गरेको जनशक्ति आवश्यक हुँदा थप शिक्षा आर्जन गर्न राजधानी जानु पर्ने बाध्यताको अन्त्य भएको बताईएको छ । काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. सुबोध शर्मा र ग्यालेसियर एडुकेशनल फाउन्डेसन प्रा।ली।का अध्यक्ष भोला थापा बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

काठमाडौं विश्वविद्यालयको स्वीकृत शैक्षिक कार्यक्रम अन्तर्गत रही ग्लेसियर एजुकेशनल फाउन्डेशनले बेलर केयू शैक्षिक सत्र २०२१÷२०२२ देखी ब्याचलर इन प्रोफेसनल हस्पिटालिटी(BPH)कार्यक्रम अन्तर्गत ३० जना विद्यार्थी भर्नाका लागी आवश्यक  तयारी पुरा गरी सकेको प्रिन्सिपल श्रीमती इन्दु थापाले जानकारी दिनुभयो ।

‘दक्ष जनशक्ति अभावका कारण पर्यटन क्षेत्रमा भएको समस्यालाई थोरै भए पनि समाधान गर्न सहज होस भन्ने उद्देश्यले उक्त कार्यक्रम सम्झौता गरिएको हो’–प्रिन्सिपल श्रीमती इन्दु थापाले भन्नुभयो–‘यो कार्यक्रमले युवाहरूलाई स्वरोजगार र आत्मनिर्भर बनाउन कोसेढुग्गा साबित गराउने विश्वास लिएका छौँ ।’

काभ्रेको बनेपामा लामो समय देखी शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बेलरले विद्यार्थी र अभिभावकको मन जित्दै आएको छ । जिल्ला र आसपासका क्षेत्रका बिद्यार्थीहरुको भबिष्यलाई ध्यान दिदै यसै शैक्षिक सत्र देखी बिपीएच अध्ययनका लागी भर्ना प्रारम्भ गरिने विद्यालयका प्रिन्सिपल श्रीमती इन्दु थापाले बताउनु भयो ।

सर्भिस क्षेत्रमा विद्यार्थीहरुको बढ्दो आकर्षण भएपनि होटल मेनेजमेण्ट गरे पछि ९दक्षता हासील० स्नातक तहको शिक्षा आर्जन गर्न राजधानी धाउन पर्ने वा अरू नै विषय रोज्नु पर्ने बाध्यता  उक्त कार्यक्रमबाट केही हदसम्म विद्यार्थीहरुका लागी कमी हुने भएको छ । प्रयोगात्मक विषय भएकाले स्वदेश, विदेश वा कुनै पनि स्थानमा  रहेर आत्मनिर्भरता बन्न मद्दत पुग्ने हुँदा युवाहरूको यस क्षेत्रमा आकर्षण बढेको छ ।

चारवर्षे कोर्स रहेको र पुरा गरुन्जेल विद्यार्थीहरुले प्रयोगात्मकमा काम गर्दा आउने रकमलाई जोगाउन सके  बिद्यालय र बिश्वबिद्यालयमा तिर्ने शुल्क निकै कम लाग्ने बिपीएचका कोडिनेटर अनुप थापाले बताउनु भयो । केयू बेलर सञ्चालनमा आएपछि सम्झौता भए बमोजिम काठमाडौ विश्वविद्यालय स्कुल अफ म्यानेजमेण्टले तोकिएको मापदण्ड अनुसार शैक्षिक कार्यक्रमको सुपरिवेक्षण तथा रेखदेख गर्ने  छ । पर्यटन क्षेत्रले विश्वभर आर्थिक समृद्धि हासिल गरिरहेको सन्दर्भमा उक्त विषयको अध्ययनले झनै सहज भएको छ ।