हिमपातले मुगु लगायत कर्णालीको जनजीवन कष्टकर


वीरबहादुर बम,मुगु । 

हिमपातले कर्णालीको जनजीवन कष्टकर बन्दै गएको छ । हिमपातका कारण चिसो बढेपछि मुगु, हुम्ला, जुम्ला कालिकोट, डोल्पा लगायतका जिल्लाको जनजीवन कष्टकर भएको हो । २ दिन देखि कर्णालीका जिल्लामा लगातार बाक्लो हिउँ परेको छ । हिमपातका कारण आवतजावत असजिलो हुनुका साथै बस्तुभाउलाई समेत चरिचरन गराउन समस्या भएको हो । हिमपातले मुगु जिल्लाको राराताल आसपासमा झण्डै २ फिट हिउँ जमेको र जनजीवन प्रभावित भएको छ ।

जुम्लाको माथिल्लो क्षेत्रमा १ फिट हिउँ जमेको छ । कर्णालीका जिल्ला भइरहेको हिमपातले पशु वस्तुलाई बाहिर निकाल्नै समस्या भएको छ ।
हिमपातले कर्णालीको जनजीवन समेत प्रभावित बनाएको छ । मौसम बद्लीसंगै हिमपातले कर्णालीको तापक्रम माइनस १० सम्म पुगेपछि अत्यधिक चिसो बढेको छ । तर हिमपात नहुँदा आजित भएका कृषकले हिमपातलाई सकारात्मक रूपमा लिएका छन् । चिसो सँगै कर्णालीवासीलाई रुघाखोकी, टाइट फाइट जस्ता रोगले सताएका वेला हिमपातको चिसो थप कहर बनेर आएको छ ।

हिमपातले कर्णालीका मुगु ,जुम्ला, हुम्ला डोल्पाको हवाई सेवा अवरुद्ध भएको छ । कर्णालीका हिमाली जिल्ला हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएका हो । हिमपातले गर्दा कर्णालीका जिल्लाबाट तराई झर्ने र माथि आउने यात्रु मर्कामा परेका छन् । हिमपातले कर्णालीका डाँडाकाँडा हिउँले सेतामय छन् । यसैबिच हिमपातले माग्न गमगढी सडक खण्ड अवरुद्ध भएको छ । सडक बन्द हुँदा मुगुमा दैनिक उपभोग्य सानामाको आयतमा समस्या देखिन्छ ।त्यस्तै  विद्यालय र स्वास्थ्य लगायतका सरकारी पूर्वाधार समेत सन्चालनमा आउन सकेका छैनन् ।
हिमपातले भने कर्णालीका किसान खुसी भएका छन् ।

हिमपातले जनजीवन कष्टकर भए पनि खेतीपाती सप्रिने भयो भन्दै कर्णालीका किसान खुसी भएका हुन् । हिमपातसँगै अब कर्णालीका किसानहरू खेतबारीमा पस्नेछन् । बाँझो बारीमा गहुँ, जौ, उवा, फापरलगायत अन्नबाली लगाउने कर्णालीवासीले योजना बनाइसकेका छन् । कर्णालीको मुख्य फलफूल स्याउ खेतीलाई पनि हिमपातले फाइदा पुर्‍याएको छ । हिमपातले कर्णालीका जिल्ला र अन्य जिल्लाहरूमा निकै हुने कृषि विज्ञहरू बताउँछन् । पछिल्लो समय भएको हिमपातका कारण चिसो बढे पनि किसानका लागि फाइदाजनक रहेको जिल्ला कृषि विकास कार्यालय मुगुले जनाएको छ । हिउँलाई कुरेर बसेका कर्णालीका किसानलाई हिमपातले फाइदा भएको छ । लगाइएका गहुँ, जौ, उवा, फापर लगायतका बालीलाई हिमपातले फाइदा गरेको किसानको भनाई छ ।