पोखरामा फेसनिस्टा हुने



पोखरामा फेसननिस्टा एएसएपी इन्टरटेन्मेन्टले नेपाल फेसनिस्टा २०२२ गर्ने भएको छ। आगामी माघमा पोखरामा हुने फेसनिस्टामा चर्चित मोडलहरूले सहभागिता जनाउनेछन् ।

सेलिब्रेटी र मोडलहरू विभिन्न फेसनका डिजाइन र्याम्पमा प्रस्तुत हुने फेसनिस्टामा नायिका नीता ढुंगाना, मोडेल तथा नृत्याङ्गना एन्जल श्रेष्ठ, सन्तोष अधिकारी, दीपक घिमिरे, दिक्पाल कार्की आकर्षक डिजाइन र्याम्पमा प्रस्तुत हुनेछन् ।

सुपी रसाइली, तेजमाया पुन, सम्झना गुरुङको ड्रेस डिजाइन रहने नेपाल फेसनिस्टा २०२२ दिक्पाल कार्कीको कोरियोग्राफीमा हुनेछ भने कार्यक्रम भीजे प्रियारानी लामाले सञ्चालन गर्नेछिन्।

प्रतिक्रिया दिनुहोस्