भिडियोमा हे ईश्वर (भिडियोसहित)



गायक नारायण गजमेरको नयाँ गीत हे ईश्वरको भिडियो सार्वजनिक भएको छ। भिडियो प्रेम रोमान्स र विरहले भरिएको छ। डम्बर नेपालीको शब्द र संगीतमा हे ईश्वर बोलको गीत भिडियोसहित बजारमा ल्याइएको हो।

वैंशालु उमेरमा प्रेममा परेका एक जोडीको प्रेमिल कहानी, प्रेममा हुँदा रमाइला यादगार क्षण र एक्कासि प्राण प्यारीले छाडेर गएपछिको विरहका दृश्यलाई कैद गरिएको गीतको भिडियोमा मोडलद्वय रमेश दियाली र सुरविना कार्कीले अभिनय गरेका छन्।

विकाश दाहालले सम्पादन गरेको भिडियोको निर्देशन युवराज वाइबाले गरेका छन्। उक्त गीत गायक गजमेरको निश्चल एल्बममा संग्रहित छ।

प्रतिक्रिया दिनुहोस्