सेवाग्राहीलाई अतिरिक्त समयमा सेवा प्रदान गर्छौँ


सरस्वती न्यौपाने, रसुवा ।

रसुवा जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई अप्ठ्यारो नहोस् भनेर कार्यालय समय बाहेक बिहान बेलुका सेवा प्रदान गरिरहेको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज जैशीका अनुसार कार्यालय खुल्ने समय बाहेक साँझ बिहान नभनी सेवाग्राही को काम गरिरहेका छौ ।यसो गर्दा सेवाग्राहीको होटल तथा लजको खर्च बच्ने प्रशासनिक काम मिलेसम्म चुस्तदुरूस्त बनाई नागरिकलाई सहज बनाएका छाैँ । सेवाग्राही वढेर कामको चाप वढ्यो भने साँझ सम्म पनि काम गर्ने सेवाग्राही लाई जति सक्दो छिटो सहज तरिकाले सेवा प्रवाह गर्ने प्रजिअ जैशीले बताए ।

यस्तै स्थानीय सरकार बनेपछि खालि भएका सरकारी भवनहरू साबिकको भूसंरक्षण,भू-संरक्षण, महिला विकास,पशुशेवा खानेपानी लगायतका भवन हरूलाई उपयोगमा ल्याउने गृहकार्य समेत भइरहेको प्रजिअ जैशीले जानकारी दिए ।