किनको शीर्ष गीत सार्वजनिक



प्रेम र रहस्यमय कथामा तयार भएको छोटो फिल्म किनको शीर्ष गीत सार्वजनिक भएको छ। गणेश उप्रेती, केदार उप्रेती, सन्तोष राम्दाम, सिद्धार्थ विश्व र मिस नेपाल नर्थ अमेरिका गरिमा ज्ञवालीले अभिनय गरेको फिल्म रिलिज हुने तयारीमा छ। फिल्मको सर्वजनिक गीतमा स्वप्न सुमको स्वर, उत्पल कँडेलको संगीत र सौरभ तिमिल्सिनाको शब्द रहेको छ।

फिल्ममा सिद्धार्थ विश्वको लेखन, निर्देशन र सम्पादन तथा अशोक भुजेलको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्