एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकता हुने भएको छ । मंगलबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमबीच दुई पार्टीबीच एकता घोषणा हुन लागेको हो ।

२०६२ सालमा तत्कालीन सशस्त्र द्वन्द्वमा रहेको माओवादीबाट विद्रोह गरेकाहरुले नेकपा (जनवादी) को नाममा राजनीतिक गतिविधि गर्दै आएका थिए । जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता छन् ।