पनौतीमा विद्यालय स्वास्थ्य कार्यक्रम

प्रविधिको प्रयोगले बालबालिकाको आँखामा ‘सुख्खापन’

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

बनेपामा रहेको कम्युनिटी वेलनेस सेन्टर, बनेपा डाईग्नोस्टीक ल्याव, रुबी आई केयर पनौती, गोरखनाथ डेन्टल केयर पनौतीको प्राविधिक सहयोगमा काभ्रे अंग्रेजी मावी पनौतीमा निशुल्क ‘विद्यालय स्वास्थ्य कार्यक्रम’ आयोजना गरिएको छ ।

‘विद्यालय स्वास्थ्य कार्यक्रममा परिक्षण गरिएका ब्यक्तिहरुबाट विभिन्न रोगको पहिचान हुनेछ’– कम्युनिटी वेलनेस सेन्टरका दिपेश ताम्राकारले भन्नुभयो–‘रोगको पहिचान पछि उपचारमा सहजता प्रदान हुनेछ ।’ पनौतीको काभ्रे अंग्रेजी मावीमा ३ सय ४१ जना विद्यार्थीहरुको दाँतको परिक्षण गरिएको थियो भने २ सय ८० जनाको आँखाको परिक्षण गरिएको थियो । ६२ जना विद्यार्थीहरुले चिकित्सकीय परामर्श लिएका थिए ।

९१ जना विद्यार्थीहरुले सोहि अवसरमा रगत समुहको परिक्षण गराएका थिए । निशुल्क आयोजना गरिएको विद्यालय स्कुल कार्यक्रममा परिक्षण गरिएका बालबालिकाहरुमा अनलाईन कक्षा तथा मोवाईल तथा टिभीका कारण ९० प्रतिशतमा आँखा सुख्खा हुने समस्या देखिएको छ । त्यस्तै आँखाको दृष्टी कमजोर भएको परिक्षणको क्रममा देखिएको छ ।

बालबालिकाहरुको दाँत किराले खाएको, खानेकुरा तथा चकलेट लगायतले हेरचाह कमि देखिएको चिकित्सहरुले बताए । डा. अनुराग श्रेष्ठ, डा. मनिषा रोकायाले विद्यार्थीहरुको परिक्षण गर्नु भएको थियो । गम्भिर प्रकृतिका विद्यार्थीहरुलाई परामर्श सहित अन्यत्र उपचारका लागि रिफर गरिएको छ ।

यस अघि कम्युनिटी वेलनेस सेन्टर, बनेपा डाईग्नोस्टीक ल्याव, रुबी आई केयर पनौती र सुप्रिम डेन्टल केयर बनेपाको प्राविधिक सहयोगमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन पनौती रुट इकाई र रोशी बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निशुल्क शिविर आयोजना गरिएको थियो । विशेषगरी मजदुरहरुलाई प्राथमिकतामा राखेर आयोजना गरिएको शिविरमा १ सय ५९ जनाले सहभागिता जनाएका थिए ।

जसमध्ये ५१ जना उच्च रक्तचाप, ३० जना उच्च मधुमेह, ८० जना यातायात मजदुरमा ढाड र पाखुरा दुख्ने समस्या, ८० जनालाई धुलोको एलर्जी, ३ जनामा मोतियाविन्दु, ३० जनामा आँखाले नजिकको बस्तु नदेख्ने समस्या, ३५ जनामा कान सुख्खा लगायतको समस्या देखिएको थियो ।

त्यस्तै १० जनाको काम नलाग्ने दाँत उखेलिएको थियो भने २५ जनामा सामान्य समस्या देखिएको थियो । उच्च रक्तचाप र उच्च मधुमेह, मोतियाविन्दुका विरामीहरुलाई समन्वयमा उपचारका लागि रिफर गरिएको थियो । मोतियाविन्दुका विरामीले बनेपाको रेयुकाई आँखा अस्पतालमा उपचार गराएका थिए भने अन्यले बनेपाको कम्युनिटी वेलनेस सेन्टरमा सहुलियतमा उपचार गराएका थिए ।

सोहि अवसरमा कम्युनिटी वेलनेस सेन्टर बनेपा र रोशी बचत तथा ऋण सहकारी बीच सहुलियतमा उपचार गर्ने विषयमा दुई संस्था बीच सम्झौता भएको थियो । सम्म्झौता पछि सहकारीमा आवद्ध शेयर सदस्यहरुले बनेपामा रहेको कम्युनिटी वेलनेस सेन्टरमा सहुलियतमा उपचार सेवा पाउनेछन् ।

त्यस्तै कम्युनिटी वेलनेस सेन्टर बनेपाले नेशनल बाथरोग सेन्टरसँगको सहकार्यमा बनेपा नगरपालिका वडा नम्वर ७ मा ९२ जना ब्यक्तिहरुको बाथरोग सँग सम्वन्धित रहेर तथ्याङ्क संकलन गरेको छ । तथ्यांक संकलनमा २० जना ब्यक्तिमा बाथरोगका कारण गम्भिर समस्या देखिएको छ ।

गम्भीर देखिएका विरामीहरुलाई कम्युनिटी वेलनेस सेन्टर बनेपा र नेशनल बाथरोग सेन्टरको सहकार्यमा थप परिक्षण र परमार्शको कार्य भईरहेको छ । वडा नम्वर ७ को संयोजन रहेको उक्त कार्यक्रमले बनेपा नगरपालिका वडा नम्वर ७ का नागरिकहरु बाथरोगका कारण थप संकटमा पर्नबाट जोगिएका छन् ।

कम्युनिटी वेलनेस सेन्टरले सामाजिक उत्तरदायित्व अन्र्तगत समुदायका विभिन्न स्थानमा विभिन्न रोगहरुको पहिचान, परिक्षण र उपचार शुरु गरेको कम्युनिटी वेलनेस सेन्टरका शशि सुवालले बताउनु भयो ।