संशोधनविना एमसीसी पारित गर्न सकिँदैन : प्रचण्ड

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संशोधनविना एमसीसी पारित गर्न नसकिने बताएका छन् । माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

यस्तै प्रचण्डले आफ्नो राजानीतिक प्रतिवेदन पनि बन्दसत्रमा पेस गरेका छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा भइरहेको बन्दसत्रमा उनले २ घण्टा १५ मिनेट लगाएर प्रतिवेदन वाचन गरेका थिए ।