दोहोरीमा कि बिर्सिन लायौ र (भिडियोसहित)



पर्वत, (नेस)।

तीन दशक पहिले पैदल हिँडेर मानिसहरू घ्यूसित नुन र मट्टितेल साट्न बटौली बजार पुग्थे। युवायुवती, वृद्धवृद्धा सबै समूह बनाएर नुन लिन जाने गर्थे–लामो बाटोमा पैदलै यात्रा गरेर।

त्यतिबेला बाटोमै रात पथ्र्यो। जंगलमै बास बस्नुपर्ने हुन्थ्यो। यात्रा सहज बनाउन गफिँदै गर्दा कतिपयको मायाप्रेम पनि बस्ने गथ्र्यो।

यस्तै, कथालाई समावेश गरिएको एउटा गीत हालै सार्वजनिक गरिएको छ। कि बिर्सिन लाउर (लायौ र) बोलको यो दोहोरी गीतमा पुरानो मौलिक परम्परा र संस्कृति झल्काउन खोजिएको छ। गीतको भिडियोमा रामे र चमेली पात्र बनेर विजय पुन र जुना गुरुङले जीवन्त अभिनय गरेका छन्।

भिर्नी झोलामा गीतबाट चर्चा कमाएका सञ्चारकर्मी तथा गायक कृष्ण अखेलीले उक्त गीत बजारमा ल्याएका हुन्। उनलाई स्वरमा गायिका वर्षा श्रेष्ठले साथ दिएकी छिन्। शिव अखेलीको शब्द सिर्जनामा तयार भएको गीतमा ईश्वर सिंहको भाका रहेको छ। गीतको म्युजिक भिडियो काजिश श्रेष्ठले निर्देशन गरेका छन्।

गीतको भिडियोमा माया प्रेमलाई निकै कलात्मक र मौलिकरूपमा प्रस्तुत गरिएको छ। गीत कृष्ण अखेलीको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्