फेस अफ मारवाडी किड्सको तयारी

0
Shares

पेज थ्री सर्भिसेस प्राइभेट लिमिटेडको आयोजनामा राजधानीमा हुने फेस अफ मारवाडी किड्स २०२१ प्रतियोगिताको तयारीलाई अगाडि बढाइएको छ।

नेपालभरिका विभिन्न शहरबाट छानिएर आएका मारवाडी समुदायका बालबालिका सहभागी हुने प्रतियोगिताको फाइनल आगामी ८ जनवरीमा हुनेछ। प्रतियोगितमा सहभागी बालबालिकालाई आगामी डिसेम्बर २७ तारिखदेखि प्रशिक्षण दिइने आयोजकले जानकारी गराएका छन्। प्रतियोगिताले बाल बालिकाको व्यक्तित्व विकासमा सघाउ पुर्याउने तथा कला संस्कृतिको जगेर्ना गर्ने विश्वास कार्यक्रमकी आयोजक रेखा मोदी मित्रुकाले व्यक्त गरेकी छिन्।

म्याजिक फुटवेयर मुख्य प्रायोजक तथा सेन्चुरी सह–प्रायोजक रहने प्रतियोगितामा खल्ती आधिकारिक भोटिङ पार्टनर रहेको छ। पेजथ्री सर्भिसेस प्राइभेट लिमिटेडले यसअघि फेस अफ मारवाडी (मिस्टर, मिस र मिसेस) २०१८ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ।

सो कार्यक्रम होटल सोल्टीमा सम्पन्न भएको थियो। पेज थ्रीले त्यसै वर्ष फेस अफ मारवाडी किड्स २०१८ पनि सफलताका साथ सम्पन्न गरेको थियो। सो कार्यक्रम एलिस रिसेप्सनमा भएको थियो। त्यसैगरी, उक्त आयोजक संस्थाले फेस अफ मारवाडी (मिस्टर र मिस) २०१९ भएको थियो। जसमा बलिउड सेलिब्रेटी करण कुन्द्रा र श्वेता चौधरी सहभागी भएका थिए। सो कार्यक्रम होटल डेल अन्नपूर्णमा भएको थियो। यसका साथै २०१९ मा फेस अफ मारवाडी किड्सको अर्को संस्करण विराटनगरमा सम्पन्न भएको थियो।