सन्नी गीतका कारण विवादमा



बलिउड अभिनेत्री एवं पूर्व पोर्नस्टार सन्नी लियोनी आफ्नो नयाँ गीतका कारण विवादमा तानिएकी छिन्। उनको भर्खरै रिलिज भएको मधुवन बोलको गीतले हिन्दू धर्मको भावनामाथि ठेस पुर्याएको भन्दै मानिसहरूले उक्त गीतको विरोध गरेका छन्।

गायिका कनिका कपुरको स्वर रहेको उक्त गीतको शब्द र त्यसमा सन्नीको नृत्य तथा हाउभाउले हिन्दू धर्मका देवी राधाको उपहास गरेको र हिन्दू भावनाविपरीत भएको भन्दै मानिसहरूले उनको विरोध गरेका हुन्। गीतमार्फत हिन्दू भावनामाथि ठेस पुर्याउने छुट सन्नीलाई नभएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको विभिन्न ट्रोल बनाउँदै उनको विरोध गरिरहेका छन्।

‘यो गीत निकै लज्जास्पद छ। मधुवनमा राधा यस्तो नाच नाच्दिनन्, तिमीलाई यस्तो गीत बनाउँदा लाज हुनुपर्ने हो सन्नी’ सामाजिक सञ्जाल ट्विटरमा एक प्रयोगकर्ताले लेखेका छन्। त्यस्तै, अर्का प्रयोगकर्ताले राधा नर्तकी नभई कृष्णको भक्त भएको जनाउँदै यस प्रकारको वाहियात प्रस्तुति दिनुभन्दा राधा–कृष्णको पूजा गर्न सन्नीलाई सुझाएका छन्।

केही समयअघि सन्नीले कनिका कपुरका साथ बेबी गर्ल बोलको गीत ल्याएकी थिइन्। बेबी गर्लबाट तारिफ पाएकी सन्नीले नयाँ गीत मधुवनबाट भने दर्शकको आलोचना खेप्नुपरेको छ।

प्रतिक्रिया दिनुहोस्