मिसेस नेपालका प्रतियोगीको प्रतिभा प्रदर्शन



विवाहित महिलाहरूबीचको सबैभन्दा ठूलो र सफल सौन्दर्य प्रतियोगिता वाईवाई मिसेस नेपाल वल्र्ड २०२१ अन्तर्गत ट्यालेन्ट शो सम्पन्न भएको छ।राजधानीमा हालै सम्पन्न ट्यालेन्ट राउन्डअन्र्तगत अन्तिम स्पर्धाका लागि छानिएका दुई दर्जन विवाहित सुन्दरीहरूले नृत्य, गायन, मेकअप, स्टयान्डअप कमेडी, वक्तृत्वकला, मुक्तक, नाटकलगायतका आपूmमा भएका प्रतिभा प्रदर्शन गरेका थिए।

ट्यालेन्ट शोमा प्रतियोगीहरूले प्रदर्शन गरेको प्रतिभाका आधारमा मिसेस ट्यालेन्ट छानिने र त्यसको घोषणा अन्तिम प्रतिस्पर्धाका दिन गरिने वाईवाई मिसेस नेपाल २०२१ का पेजेन्ट निर्देशक निशुकान्त झाले जानकारी गराए। झाका अनुसार प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी पुस १७ गते शनिबार राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ। अन्तिम प्रतिस्पर्धा नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। ट्यालेन्ट शोमा प्राध्यापक तथा गीतकार सूदन डोटेल, अभिनेता शितल केसी, कोरियोग्राफर जोगेन्द्र केसी, मोडल तथा नायिका रञ्जिता गुरुङ, संगीतकार सरोज प्याकुरेल र गायिका रीता केसी निर्णायक रहेका थिए।

प्रतियोगिताको अन्तिम स्पर्धामा सामेल सुन्दरीहरूलाई विभिन्न विषयका विज्ञहरूले तालिम दिइरहेका छन्। कोरियोग्राफर अश्विनीकान्त झाको कोरियोग्राफीमा हुने प्रतियोगितामा माधुरी कर्ण, पवित्रा बानिया”, उषा रजक सुमिता लामा, रेइबी बज्राचार्य, सुमित्रा पौडेल उप्रेती, राजश्री थापा, मनिका न्यौपाने, पार्वती गिरी, सिर्जना सुवेदी, निरञ्जना भेटवाल, सृष्टिका दोङ तामाङ, सोनु मगर ढुंगेल, उर्मिला उप्रेती सिलवाल, लक्ष्मी जोशी, मनिता प्याकुरेल, सुजाता अर्याल, सुष्मिता खड्का, संगिना अर्याल, दीक्षा केसी, समीक्षा कार्की, माला सुनार, जयन्ती राई र बिनिता कुइ”केल सहभागी छन्।

रिबन इन्टरटेनमेन्टले यस वर्षदेखि मिसेस नेपाल वल्र्डको आधिकारिक फ्रेन्चाइजी प्राप्त गरेस“गै प्रतियोगिता यस वर्षबाट वाईवाई मिसेस नेपाल वल्र्डका नाममा हुन लागेको हो। मिसेस नेपाल वल्र्डस“गै सोही स्टेजमा मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिनेछ।

आयोजक संस्था रिबन इन्टरटेनमेन्टले मिसेस नेपाल वल्र्डको विजेतालाई आगामी २०२२ को जनवरीमा अमेरिकाको लस भेगासमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाएको छ। मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउनेछन्। की एड्भरटाइजिङको मार्केटिङ सहकार्यमा हुने प्रतियोगिता चन्दा थापा गिरीको सह–कोरियोग्राफी तथा आकाश गिरी र गंगा महर्जनको संयोजनमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्