माओवादीको राष्ट्रिय महाधिवेशनमा संस्थापक नेताहरु नै आएनन्

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा आइतबारदेखि शुरु भएको छ । माओ दिवस पारेर महाधिवेशन शुरु गरिएको हो ।

महाधिवेशनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महाधिवेशनको उद्घाटन गरे । उद्घाटन समारोहमा विभिन्न दलका नेताहरु शुभकामनाका लागि उपस्थित भए ।

तर माओवादीका संस्थापक रहेर पनि अहिले विभिन्न दलमा रहेका नेताहरू भने सबैजसो अनुपस्थित रहे । सीपी गजुरेलबाहेक अन्य नेताहरू खुला सत्रमा अनुपस्थित रहे ।

नेताहरू मोहन वैद्य, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, गोपाल किराँती, विश्वभक्त दुलाल आहुतिलगायतका नेताहरु उपस्थित भएनन् । उनीहरुलाई निमन्त्रणा गरिएको माओवादी केन्द्रले जनाएको छ ।