प्रतिगमन परास्त गर्न दलहरुबीच एकता जरुरी : दुर्गा पौडेल

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिगमन अन्त्यका लागि विभिन्न दलबीचको एकता आवश्यक रहेको बताएकी छन् ।नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले प्रतिगमन शक्ति पनि सक्रिय रहेको र यसको अन्त्यका लागि सबै दलहरूबीचको एकता आवश्यक रहेको बताएकी हुन् ।

‘अहिले पनि प्रतिगमन शक्ति सक्रिय छ’, उनले भनिन्, ‘हामीहरूबीच मतभेद रहेको भए पनि प्रतिगमन अन्त्यका लागि दलहरूबीचको एकता आवश्यक छ ।’

राष्ट्रियताका लागि दलहरू एकजुट हुनुपर्नेमा उनको जोड छ । राष्ट्रियताको रक्षा र एमसीसीलगायतका विषयमा माओवादीले उचित निर्णय लिने अपेक्षा गरेको उनले बताइन् ।