माओवादी महाधिवेशन उद्‌घाटन हुँदै, विभिन्न पार्टीका शीर्ष नेताहरु प्रज्ञा भवनमा

0
Shares

नयुज अफ नेपाल, काठमाडों ।

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीको आठौं महाधिवेशनस्थल प्रज्ञा भवन कमलादी पुगेका छन् ।

आइतबार दिउँसो १ बजे पूर्वनिर्धारित कार्यक्रमलाई अपरान्ह ३ बजे पुर्‍याएपछि अध्यक्ष प्रचण्ड कमलादी पुगेका हुन् । प्रचण्डसँगै एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि प्रज्ञा भवन पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा पनि केहीबेरमा उद्घाटन सत्रस्थलमा पुग्ने भएका छन् ।

शनिबार बसेको स्थायी कमिटी बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गराउने निर्णयलाई आइतबार बसेको केन्द्रीय समितिले अनुमोदनपछि समय लम्बिएको हो । उद्घाटन कार्यक्रममा विभिन्न पार्टीका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।