स्कारपियो र मोटरसाईकल ठोक्किँदा एक जनाको मृत्यु


बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीको दुधौली नगरपालिका  स्कारपियो जिप र मोटरसाइकल एकआपासमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

उदयपुरको कटारीबाट सिन्धुली भिमानतर्फ आउँदै गरेको बा.१३च. १११९ नम्बरको अपर सोलु हाइड्रोपावरको स्कारपियोलाई विपरीत दिशाबाट कुर्थौली तर्फ जाँदै गरेको प्र.३–०२–००५ प.२२४८ नम्बर यामाहा मोटरसाइकल अनियन्त्रीत भई स्कारपियोमा ठोक्किएर दुर्घटना भएको हो ।

मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका १ कुर्थौलीमा स्कारपियो जिप र मोटरसाइकल एकआपासमा ठक्कर खाई दुर्घटना हुँदा धनुषा जिल्लाको सीरेस्वरनाथ नगरपालिका ३ का वर्ष १९ को रवि कुमार यादवको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भिर घाईते भएका यादवको चन्दनपुर पोल क्लिनिकमा सामान्य उपचार पछि थप उपचारको लागि जिल्ला अस्पताल सिन्धुली ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले जानकारी दिनुभयो । स्कारपियो र त्यसको चालकलाई नियन्त्रणमा लिई कानुन बमोजिम अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक लामाले बताउनुभयो ।