करलाई व्यवहारिक बनाउन सुनचाँदी व्यवसायीको आग्रह

0
Shares

काठमाडौं ।

सुनचाँदी व्यवसायीहरूले राजस्वसम्बन्धी अव्यवहारिक प्रावधानका कारण आफँहरूले अनावश्यक झमेला खेप्नुका साथै पेसा नै खतरामा परेको गुनासो गरेका छन् । उनीहरूले खरिद मँल्यमा नै बिक्री गर्नुपर्ने, मुनाफा भनेको केवल ज्याला र जर्ति मात्र भएको अन्य व्यवसायभन्दा फरक प्रकृतिको सुनचाँदी व्यवसायमाथि लगाइने करको प्रावधानहरूमा पनि व्यवहारिक पाटोको अध्ययन गरेर सुधार ल्याउनुपर्ने माग गरेका छन् ।

काठमाडौं सुनचाँदी व्यवसायी संघले शनिबार राजधानीमा आयोजना गरेको ‘आयकर शिक्षा तथा अन्तत्र्रिmया कार्यक्रम’का सहभागी सुनचाँदी व्यवसायीहरूले आफँहरूले कर तिर्न चाहेको तर करका कतिपय प्रावधानहरू व्यवहारिक नहुँदा समस्यामा परेको बताएका थिए । नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले सुनचाँदीका अधिकांश कालीगढ भारतको कलकत्ताबाट आउने हुनाले उनीहरूलाई प्यान नम्बर दिलाउन कर कार्यालयले सहजीकरण गर्नुपर्नेमा जोड दिँदै भन्नुभयो–‘हामीले ती कालीगढलाई प्यान नम्बर लिएर आउनु भनेर आग्रह गर्छौं तर प्यान नम्बर लिन झमेला भएको भन्दै उनीहरूले उल्टै बरु तपाई हामीलाई कामै नदिनु भनेर भन्छन् ।’

उहाँले व्यवसायको प्राकृति आन्तरिक राजस्व विभागले नबुझिदिँदा सुनचाँदीको गहना बनाउँदा हुने नोक्सानी ‘जर्ति’ मा पनि अनुचित कर लगाउँदा व्यवसायीहरू त्रसित भएको बताउनुभयो ।

कार्यक्रममा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको कारोबारमा नगद कारोबारको सीमा अन्य व्यवसायमा झैं ५० हजार रुपियाँ मात्र तोकिनु अव्यवहारिक भएको बताउनुभयो । तोलाको झण्डै १ लाख रुपियाँ पर्ने सुनको कारोबारमा ५० हजार रुपियाँभन्दा माथिको कारोवार चेकबाटै गर्नुपर्ने प्रावधानले व्यवसायी तथा ग्राहक दुबैलाई निकै असुविधा भएको भन्दै नगद कारोबारको सीमा ५ लाख रुपियाँ कायम गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेलले करसम्बन्धी सम्पति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्धका कारण कतिपय ऐन नियमहरूलाई व्यवहारमा उर्तान कठीनाई भएको स्वीकार्दै सुनचाँदी व्यवसायीहरूको करसम्बन्धी समस्याहरू समाधानका लागि सहजीकरण गर्न आफँ तत्पर रहेको बताउनुभयो ।

उहाँले वीरगन्ज औद्योगिक क्षेत्रमा कार्यरत भारतीय मजदँरहरूलाई प्यान नम्बर दिइसकेको जानकारी दिँंदै अब विदेशी कालीगढलाई प्यान नम्बर दिलाउन समस्या नभएको बताउनुभयो । त्यस्तै ज्याला र जर्तिका सम्बन्धमा पनि समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै महानिर्देशक पौडेलले भन्नुभयो–‘तपाई सुनचाँदी व्यवसायीहरूले दुःख नपाउने अवस्था ल्याउन म आवश्यक पहल गर्नेछु ।’

कार्यक्रममा आन्तरिक राजस्व विभागका निर्देशक मित्रलाल अधिकारीले ‘बहुमँल्य धातुको कारोबार गर्ने सँचक संस्थाहरूको नियमनसम्बन्धी व्यवस्था’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै एकै दिनमा कसैले एकपटक वा पटक–पटक गरी १० लाख रुपियाँभन्दा बढीको कारोबार गरेमा त्यस्ता ग्राहकको पँर्ण विवरण अनिवार्य रुपमा राख्नुपर्ने बताउनुभयो ।

उहाँले यस्ता ग्राहकको पहिचानसम्बन्धी व्यवस्था कार्यान्वयन नगरेमा पहिलोपटक विभागले लिखित नसिहत दिने, दोस्रोपटकमा १० लाख रुपियाँसम्म जरिवाना गराउने, तेस्रोपटकमा १० देखि ५० लाख रुपियाँसम्म जरिवाना गराउने र त्यसपछि पनि उक्त व्यवस्थाको कार्यान्वयन नगरेमा त्यस्ता व्यवसायीको दर्ता नै खारेज गर्ने प्रावधान रहेको जानकारी गराउनुभयो ।
त्यस्तै बेनामी वा काल्पनिक नाममा कारोबार गरेको भेटिएमा गाम्भिर्यताको आधारमा १० लाखदेखि १ करोड रुपियाँसम्म पनि जरिवाना हुनसक्ने तर्फ पनि उहाँले व्यवसायीहरूलाई सचेत गराउनुभयो ।

काठमाडौं सुनचाँदी व्यवसायी संघका अनुसार सुनचाँदी व्यवसायले काठमाडौंमा मात्र करिब ५ लाखलाई रोजगार प्रदान गरेको छ भने करिब २० लाख जनसंख्या यही व्यवसायमा आश्रित छन् ।