काठमाडौं ।
सिरहा जिल्लाको औरही गाउँपालिका १ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करिब ३० किलाे गाँजा बरामद गरेको छ ।
नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिले बरामद गरेको हो । यसैगरी सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका ११ स्थित कोशीबादबाट पौष ९ गते सशस्त्र प्रहरीले करिब ४० किलाे गाँजा बरामद गरेको छ ।
सोही ठाउँमा परालको कुन्यूमा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरसाईनले बरामद गरेको हो ।











प्रतिक्रिया