वागमती प्रदेश मन्त्रिपरिषद्‌ विस्तार, थपिए ३ मन्त्री र ३ राज्यमन्त्री


न्युज अफ नेपाल, काठमाडौं ।

वागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मन्त्रिपरिषद् विस्तारसँगै तीन मन्त्री र तीन राज्यमन्त्री थपिएका छन् । उनीहरु कांग्रेसका तर्फबाट सरकारमा सहभागी भएका हुन् । यससँगै वागमती प्रदेश मन्त्रिपरिषद् १८ सदस्यीय भएको छ ।

नवनियुक्त मन्त्रीहरुमा दीपेन्द्र श्रेष्ठ (संस्कृतिमन्त्री), बलराम पौडेल (भूमि व्यवस्था) र मिलनबाबु श्रेष्ठ (उद्योग) छन् । भने सन्तबहादुर प्रजा भौतिक पूर्वधार राज्यमन्त्री, रजनी अमात्य जोन्छे उद्योग र कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्री बनेकी छन् ।