एमसीसीमा अमेरिकाको स्वार्थ भेटिए कदापी स्विकार्दैनौं  : माधव नेपाल

0
Shares

न्युज अफ नेपाल, सुर्खेत ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले अध्ययन गरेर मात्र एमसीसी सदनबाट पारित गराउने प्रक्रियाअगाडि बढाउनु पर्ने बताएका छन् ।

सल्यानमा अगुवा कार्यक्रता भेलालाई सम्बोध गर्न पुगेका अध्यक्ष नेपालले शुक्रबार पत्रकारसँग भेटघाटमा आर्थिक सहयोग मात्र भए एमसीसी पास पास गर्नुपर्ने र अन्यथा पारित गर्न नहुने बताए ।

‘एमसीसीसम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको चाहना के छ त्यो बुझ्छौं । त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउँछौं ,’ उनले भने ‘अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निःस्वार्थ हो भने हामी स्वीकार्छौं । सबै कुराको सुनिश्चित छैन तथा स्वार्थगत छ भने हामी कदापी स्वीकार्दैनौं।’ एमसीसी पास गर्ने अधिकार जनतामा रहेको त्यो विषयमा जनतामा लैजानु पर्ने अध्यक्ष नेपालले बताए ।