मेलिना राईकाे नयाँ गीत ‘सँगै बाँचौला’ सार्वजनिक (भिडियोसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

मेलिना राईको स्वरमा रहेको ‘सँगै बाँचौला’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार सन्तोषजङ्ग थापाको शब्द रचना तथा नवीन कार्कीकोे सङ्गीत रहेको उक्त गीतमा सुमन केसीको सम्पादन रहेको छ ।

नेपालकै गाउँघरको यथार्थपरक कथामा आधारित उक्त भिडियोमा राष्ट्रिय समाचार समिति ९रासस०का फोटोपत्रकार प्रदीपराज वन्त तथा सविता श्रेष्ठको अभिनय रहेको छ ।

रेजिना तुलाधरले पहिलोपटक निर्देशन गरेको उक्त भिडियो नवीनबाबु गुरुङले सिनेमाटोग्राफी र नवीन निरौलाले सम्पादन गरेका हुनत् । ‘सिजन इन्टरटेन्मेन्ट’द्वारा निर्माण गरिएको सो भिडियोलाई सिजन टिभी युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।