यो ज्यान कठपुतली सार्वजनिक (भिडियोसहित)

0
Shares

आगामी पुस १६ गतेबाट रिलिजमा आउने हरर फिल्म कठपुतलीको ओएसटी गीत सार्वजनिक भएको छ। यो ज्यान कठपुतली बोलको यो गीत लोक लयमा छ। गायिका मेलिना राईको स्वर, दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत रहेको गीतमा फिल्मका दृश्यहरू समावेश छन्। गीतको भिडियो भीएफएक्स र एनिमेसन प्रयोग गरी तयार पारिएको छ। फिल्मको थिमअनुसार तयार पारिएको गीतलाई दर्शकले रुचाउनेमा निर्माण समूह विश्वस्त छ।

परिवार परित्याग गरेको एक राजकुमार शाही दरबारमा रहँदा सामना गर्नुपरेका विभिन्न रहस्य तथा अदृश्य शक्तिबाट बच्नको लागि गरेको संघर्षको हरर कथा यो फिल्ममा छ। फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, कर्मा, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइरालालगायत कलाकारले अभिनय गरेका छन्। हरर जनरामा निर्माण भएको फिल्म भीमसेन लामाले निर्देशन गरेका हुन्। पृथ्वी राना मगर फिल्मका निर्माता हुन् भने सम्पदा मल्लले कथा लेखेकी छिन् ।

फिल्म अस्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रुमले छायांकन गरेका छन्। उनी फिल्म खिच्न अस्ट्रेलियाबाट नेपाल आएका थिए। फिल्मको सह–निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन्।